scheduleबुधवारमाघ ७ गते, २०७७

१० दिनमा शक्तिसञ्चय गर्दै ओली समूह, जबजको पक्षमा सातै प्रदेशमा भेला, कर्णालीबाट सुरु

काठमाडौँ, ६ कात्तिक । सत्तारुढ नेकपाभित्र विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको समूहले दस्तावेज लेख्न माग गरेको समयमा जबजको बहस चर्काउने भएको छ ।

पूर्वमओवादी समूहबाट केही ‘लोभी-पापी’ नेताहरु चोर्ने र बाँकीलाई एक्ल्याउने रणनीतिलाई सफल बनाउन मदन भण्डारीसँग जोडिएका संस्थाहरुको नाममा गतिविधि तीव्र बनाउन लागिएको हो । यसको सुरुवात शनिबार दिउँसो १२ बजे कर्णाली प्रदेशको भेलाबाट सुरु हुनेछ ।

‘स्वागत तथा प्रदेश भेला’को ब्यानर राखिएको भेलामा ५०० जनालाई निमन्त्रणा गरिएको छ र निमन्त्रणा पत्रमा ‘जनताको बहुदलीय जनवाद–जिन्दावाद’ लेखिएको छ । एकताको बेला दुवै पार्टीले यसअघिको विचारलाई थाती राखेर जनताको जनवादलाई आत्मसाथ गर्ने सहमति गरेका थिए ।

जबजको बहसलाई चर्काउँदा प्रचण्ड समूहमा रहेका नेकपाका नेता कार्यकर्तालाई दबाव पर्ने र बिस्तारै प्रचण्ड एक्लिँदै जाने ओली समूहको बुझाई छ । खेलाडीलाई सम्मान गर्ने र जबजबारे छलफल गर्ने भनिए पनि यो कार्यक्रम ओली समूहको गुट भेलाको रुपमा अगाडि बढाइने भएको छ ।

ओली समूहका एक नेताका अनुसार सचिवालय बैठक बोलाइएको मंसिर १३ गते भित्र आ-आफ्नो सापेक्षतामा ७ प्रदेश र ७७ वटै जिल्लाको भेला गर्ने र संसदीय दलमा बहुमत पुर्‍याउने अभ्यासमा केन्द्रित हुने रणनीति ओली समूहले लिएको छ । यसबीचमा प्रचण्डलाई अल्मल्याउने र धम्क्याउने, पूर्वएमालेलाई फकाउने र जबजको नारा लगाएर ‘इमोश्नल ब्ल्याकमेल’ गर्ने नीति अख्तियार ओली समूहले गरेको छ ।

पार्टी फुटाइहाल्नुपरेको अवस्थामा ७७ वटै जिल्लामा प्रभाव देखाउने र आफूलाई शक्तिशाली सावित गर्ने ओली समूहले रणनीति लिएको छ ।

आगामी सचिवालय बैठक अगाडि संगठनात्मक तयारी गर्ने, प्रचण्ड-नेपाल समूहको राजनीतिक भण्डाफोर गर्ने र जस्तोसुकै कदमका लागि तयार रहने रणनीति अनुसार मदन भण्डारीसँग जोडिएका संस्थाहरुको नाममा गतिविधि अगाडि बढाउने तयारी सुरु भएको ती नेताले जानकारी दिए ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay