scheduleशुक्रवार मंसिर १२ गते, २०७७

प्रहरी जवानले दिएको रगतले बच्यो महिलाको ज्यान

हुम्ला, ६ मंसिर । हुम्लामा प्रहरी जवानले दिएको रगतले एकजना महिलाको ज्यान बचेको छ । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्वर १ ठेहेका ३५ वर्षिया कलदरी बोहरालाई जिल्ला प्रहरी कार्यालय हुम्लाका एक जना प्रहरी जवान गणेशप्रसाद ढुंगेलले रगत दिएका हुन् ।

मंसिर २ गते आफ्नै घरबाट अचेत अवस्थामा सदरमुकाम आएकी महिलाको विचबाटोमा धेरै रगत बगेपछि समस्या भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सिनियर अनमी सरिता बोहराले बताईन् । मंसिर २ गतेबाट जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा भर्ना  भएका महिलाको अत्याधिक रक्तश्रावका कारण गर्भ समेत खेर गएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay