scheduleशुक्रवार मंसिर १२ गते, २०७७

त्रिशूलीले बगाउँदा तीन दिनदेखि बेपत्ता

नुवाकोट, ६ मंसिर । त्रिशूली नदीले बगाएर नुवाकोटको ढुंगेबजारका एक युवक तीन दिनदेखि वेपत्ता भएका छन् । कवाडी सामान संकलन गर्ने क्रममा चिप्लियर नदीमा खसेका युवकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

नदी किनारमा बुधबार बिहान कवाडी सामान संकलन गर्ने क्रममा विदुर नगरपालिका वडा नं. १ ढुंगेवजारका ५२ वर्षीय सोमबहादुर नगरकोटीलाई नदीले बगाएर वेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनको खोजीमा सुरक्षाकर्मी परिचालन भएको प्रहरी नायव उपरिक्षक हरिबहादुर वलीले जानकारी दिए ।

वेपत्ता सोमवहादुरको खोजीमा आफन्तजन, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा सेना परिचालित भएपनि शुक्रवार बेलुकीसम्म पनि फेला पार्न नसकिएको उनले बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay