scheduleसोमवार मंसिर १५ गते, २०७७

गीतः आउन मिले आउँथेँ नि स्यानी …

दिलीप श्रेष्ठ
दिलीप श्रेष्ठ

 

घर फर्केर आइदेऊ न प्रिय, दुक्खमाथि सङ्कट थपिए
आउन मिले आउँथेँ नि स्यानी, कम्पनिले लुकायो भिसा नि

मेरो माया मारेर बित्थामा, तिमी मान्छे कस्तो हो चित्तमा
घर फर्केर आइदेऊ न प्रिय, दुक्खमाथि सङक्ट थपिए

मकुटुकुटु मन खान्छ रातिमा, तिम्रै तस्बिर छ मेरो छातीमा
आउन मिले आउँथेँ नि स्यानी, कम्पनीले लुकायो भिसा नि

किन चाइयो दामपैसा थुप्रोमा, खाउँला खोले बसुँला छाप्रोमा
घर फर्केर आइदेऊ न प्रिय, दुक्खमाथि सङ्कट थपिए

दामपैसा नि के छ र छैन, वर्ष दिनको तनखा पाछैन आएन
मिले आउँथेँ नि स्यानी, कम्पनीले लुकायो भिसा नि

बिमारी खै के आयो नेपालमा, लिखुरीको ज्यान गयो अकालमा
घर फर्केर आइदेऊ न प्रिय, दुक्खमाथि सङ्कट थपिए

हजार मान्छे एक दिनमै लाश, एक्लै छु म सुनसान छ आसपास
आउन मिले आउँथेँ नि स्यानी, कम्पनीले लुकायो भिंसा नि

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay