scheduleशुक्रवार मंसिर १२ गते, २०७७

‘कोभिड नियन्त्रण गर्न भोट माग्नजस्तै जनप्रतिनिधि जनताको घरमा पुग्नुपर्छ’

काठमाडौं, ६ मंसिर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना संक्रमणलाई कम गर्न जनप्रतिनिधीहरुको भूमिका महत्वपूर्ण रहेका बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले शनिबार काठमाडौंमा आयोजना गरेको ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ बिषयक छलफल कार्यक्रममा उनले जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराई संक्रमण फैलनबाट रोक्न भूमिका खेल्नुपर्ने बताए ।

चुनावमा भोटमाग्न नागरिकको घरघरमा पुगेजस्तै कोभिड रकोकथामका लागि स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन पनि सांसदहरु नागरिकको घरघरमा पुग्नुपर्ने बताए ।

त्यस्तै उनले कोरोनाको उपचारका लागि खोप कहिले आउने भन्ने यकिन भइनसकेको अवस्थामा कोरोना रोक्न सवैले सचेतना अपनाउनुपर्ने उल्लेख गरे । तिमिल्सिनाले राजनीतिक भविष्यमाथि समेत बलियो आधार तयार गर्नका लागि राजनीतिक दलहरुले कोरोना नियन्त्रणका लागि भातृसंगठनहरुलाई परिचालन गरी गाउँगाउँमा परिचालन गरि सचेतना कार्यक्रम गर्नुपर्ने सुझाव दिए ।

त्यस्तै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले घर घरमा स्वास्थ्य सेवा पुराउनका लागि सरकार प्रतिवद्ध रहेको बताए । कोरोना उपचारका लागि आवश्यक अक्सिजन सहितका बेडहरुको व्यवस्थापन गर्ने, औषधिको आपूर्ति सहज बनाउने लगाएतका काममा सरकार लागिपरेको उनले बताए ।

मन्त्री ढकालले कोरोन संक्रमण रोकथामका लागि सरकारले हरसम्भव प्रयास गरेको दावी पनि गरे ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay