scheduleशुक्रवार मंसिर १२ गते, २०७७

शनिबार थपिए १६ सय ७४ कोरोना संक्रमित, मृतकको संख्या १३ सय नाघ्यो

काठमाडौं, ६ मङ्सिर । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६७४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

एक दिनमा देशभरि ९ हजार ८०५ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा सर्वाधिक परीक्षण गरिने र सङ्क्रमित फेला पर्ने क्रम जारी नै छ ।

पछिल्लो समय परीक्षण गरेका मध्ये संक्रमित भेटिने दर बढिरहेको छ । मन्त्रालयका अनुसार नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख १८ हजार नाघेको छ ।

अहिले देशभरि २४ हजार ९ जनामा सक्रिय सङ्क्रमण छ ।

पछिल्लो २४ घण्टामा २ हजार ३२३ जनामा निको भएका छन् भने ७ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३०५ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay