scheduleशुक्रवार मंसिर १२ गते, २०७७

प्रिमियर लिग फुटबलमा चेल्सीले न्युकासललाई हरायो

काठमाडौं, ६ मङ्सिर । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार बेलुका सम्पन्‍न खेलमा चेल्सी विजयी भएको छ । लिगमा पाँचौं जीत हात पार्ने क्रममा उसले न्युकासल युनाइटेडलाई उसैको मैदानमा २-० ले हरायो ।

चेल्सीको जीतमा टामी अब्राहमले एक गोल गरेका थिए भने एक गोल उपहार पाएको थियो । दुवै हाफमा १-१ गोल भएका थिए ।

खेलको १०औं मिनेटमा फेडेरिको फर्नान्डेजबाट भएको आत्मघाती गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । दोस्रो हाफको ६५औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । खेलमा त्यसपछि थप गोल हुन नसक्दा चेल्सी २-० ले विजयी रह्‍यो ।

जीतसँगै ९ खेलबाट १८ अंक जोडेको चेल्सी तालिकाको शीर्षस्थानमा उक्लिएको छ । एक खेल कम खेलेको लेस्टर सिटीको पनि १८ अंक छ र दोस्रो स्थानमा छ ।

पराजित न्युकासल भने ११ अंकसहित १३औं स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay