scheduleसोमवार मंसिर १५ गते, २०७७

गण्डकी प्रदेशमा शनिबार थपिए १०९ संक्रमित, दुईजनाको मृत्यु

पोखरा, ६ मङ्सिर । गण्डकी प्रदेशमा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ८ जिल्लामा गरी १०९ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नयाँ संक्रमण पुष्टि हुनेमध्ये सबैभन्दा धेरै कास्कीका ५६ जना छन् । त्यसैगरी तनहुँमा २४ जना संक्रमित थपिँदा नवलपुरमा १२, लमजुङमा ५ स्याङ्जा, बागलुङमा ४-४ तथा पर्वत र म्याग्दीमा २-२ थपिएका छन् ।

योसँगै गण्डकीमा कुल संक्रमितको संख्या १० हजार ९३६ पुगेको छ ।

यसैबीच गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनलायका अनुसार कास्की र पर्वतका १-१ संक्रमितको मृत्यु भएको हो ।

कास्कीको पोखरा महानगरपालिका-१३ का ७९ वर्षीय पुरुषको शुक्रबार राति साढे ११ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । कात्तिक २८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनमा निमोनिया, थाइराइड र मुटुको समस्या थियो ।

त्यसैगरी पर्वत मोदी ६ का ६१ वर्षीय कोरोना संक्रमितको शनिबार विहान १० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । मृतकमा कोरोनासँगै निमोनिया र उच्च रक्तचापको समस्या थियो । उनमा मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै प्रदेशमा मृतकको संख्या १४१ पुगेको छ । ६ हजार २१४ जनाले कोरोनालाई जितिसकेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay