scheduleमगलवारमाघ १३ गते, २०७७

भारती र हर्षलाई १४ दिन थुनामा राख्न अदालतको अनुमति

नयाँ दिल्ली, ७ मंसिर । चर्चित कमेडियन भारती सिंहलाई अदालतले १४ दिनको न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ । भारतीसँगै उनका श्रीमान् हर्ष लिंबाचियालाई लागुऔषध प्रकरणमा प्रहरीले पक्राउ गरेको थियो ।

अदालतले दुवैजनालाई आगामी डिसेम्बर ४ सम्मका लागि थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । भारतीय सञ्चार माध्यमहरुका अनुसार नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले शनिबार भारतीको घरमा छापमा मार्दा गाँजा बरामद गरेको थियो । उनीहरुले आफूहरुले गाँजा सेवन गर्ने गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

एनसीबीले शनिबार नै भारतीलाई पक्राउ गरेको थियो भने हर्षलाई आइतबार बिहान पक्राउ गरेको थियो । उनीहरुविरुद्ध नार्कोटिक ड्रग्स एण्ड साइकोट्रोपिक सब्स्टेन्सन (एनडीपीएस) कोर्टमा मुद्दा चलाइएको भारतीय सञ्चार माध्यमले खबर लेखेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay