scheduleसोमवारफाल्गुन २४ गते, २०७७

नोकिया ३.४ घोषणा, यस्ता छन् विशेषताहरु

काठमाडौं, ८ मंसिर । एचएमडी ग्लोबलले नोकिया ३.४ फोनको घोषणा गरेको छ । घोषणासँगै कम्पनीले यो फोन एक शक्तिशाली प्रोसेसरको साथ आउन लागेको दावी गरेको छ ।

नयाँ फोनमा नयाँ क्वालकाम स्नैपड्रैगन ४६० मोबाइल प्लेटफर्म रहनेछ भने यो एन्ड्रोइड वनको साथ आउनेछ ।

नोकिया ३.४ मा तीन वर्षको मासिक सेक्युरिटी अपडेट र दुई वर्षको ओएस अपग्रेड रहने कम्पनीले जनाएको छ । ६.३९ इन्च एचडी प्लस स्क्रिन, ट्रिपल क्यामेरा एआई इमेजिङ, ५ एमपी अल्ट्रा–वाइड क्यामेरा र ४ हजार एमएएच ब्याट्रीजस्ता विशेषता रहेका छन् ।

नोकिया ३.४ ग्रे रङमा ३ जीबीका साथ ६४ जीबी मेमोरी र स्टोरेज कन्फिगरेसनको १८ हजार ६ सय ९९ रुपैयाँ पर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay