७७ वर्षीय वृद्ध टुकुचा खोलामा मृत भेटिए
काठमाडौं, ८ मंसिर । काठमाडौंको टुकुचा खोलामा एक वृद्ध मृत भेटिएका छन् । काठमाडौ महानगरपालिका–११ को त्रिपुरेश्वर र थापाथलीको बीचमा अवस्थित टुकुचा खोलामा सोमबार एकजना पुरुष मृत अवस्थामा भेटिएका हुन् ।
मृतक काभ्रेपलाञ्चोक जिल्लाको कात्तिके देउराली गाउँपालिका–३ स्थायी घर भएका ७७ वर्षका दावा दोर्जी योन्जन रहेको प्रहरीले जनाएको छ । उनी काठमाडौ महानगरपालिका–११ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका थिए ।