scheduleसोमवारबैशाख ६ गते, २०७८

एउटा बर्गर लिन ४ किलोमिटर लामो लाइन, १४ घण्टा लामो प्रतिक्षा

काठमाडौं, ८ मंसिर । तस्बिर अमेरिकाको कोलोराडोको हो । यसमा देखिएको कार कुनै जाममा फसेको होइन । तर यो कारमा बसेका मानिस आफूलाई मन पर्ने बर्गर खानको लागि ४ किलोमिटर लामो लाइनमा फसे ।

शनिबार कोलोराडोमा अमेरिकाको चर्चित फुड चेन ‘इन एण्ड आउट’ आउटलेट खोलिएको थियो । यसबारे जानकारी पाउनासाथ मानिसहरु राति दुई बजेदेखि नै स्टोर पुग्न सुरु गर्न थाले ।

अवस्था यस्तो सिर्जना भयो कि त्यहाँ ४ किलोमिटर लामो लाइन लाग्यो । मानिसहरुलाई बर्गरका लागि १४-१४ घण्टा लामो प्रतिक्षा गर्नुपर्‍यो । उक्त आउटलेटका अनुसार पहिलो बर्गर केन विज्जी नामका व्यक्तिले लिए ।

केनका अनुसार उनी क्यालिफोर्नियाका हुन् । राति भोक लागिरहेको थियो । उनले स्टोरको लेनमा कार राखे र त्यहीँ सुते । उक्त आउट लेटमा बर्गर लिनका लागि सवारी लिएर जानुपर्छ ।

उक्त चर्चित इन एण्ड आउट ७० वर्ष पुरानो कम्पनी हो । अमेरिकाका ६ राज्यहरुमा यसको आउटलेट रहेका छन् । यीमध्ये क्यालिफोर्निया, नेवादा, एरिजोना, युटा, टेक्सास र ओरेगन पर्दछन् । कोलोराडोमा यो सातौं आउटलेट हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay