scheduleसोमवारमाघ १२ गते, २०७७

पोखरामा प्याराग्लाइडिङ दुर्घटना, एकको मृत्यु

कास्की, ८ मंसिर । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

दुर्घटनामा परी ३८ वर्षीय प्यारापाइलट राजु नेपालीको मृत्यु भएको हो । काठमाडौंकी शिला श्रेष्ठ भने घाइते भएकी छिन् ।

सराङकोटबाट दिउँसो टेन्डम उडान भरेको फिस्टेल प्याराग्लाइडिङको प्यारा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते शिलालाई उपचारार्थ मेट्रोसिटी अस्पताल भर्ना गरिएको र उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay