scheduleसोमवारमाघ १२ गते, २०७७

ठूलो परिमाणको लागुऔषधसहित एक पक्राउ

तनहुँ, ८ मङ्सिर । तनहुँमा ठूलो परिमाणको लागुऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको भानु नगरपालिका–६ ढुङ्गागाडे घर भएका हेडडिम भनिने ३१ वर्षीय पूर्णबहादुर दमै रहेका छन् ।

शङ्कास्पद रुपमा हिँडिरहेको अवस्थामा पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवाबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

शङ्का लागि शरीरको तलासी गर्दा उनले पछाडि बोकेको झोलाभित्र प्लास्टिकले पोका पारी लुकाइछिपाई राखेको अवस्थामा ११७ थान लागुऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुुसार फेला परेका लागुऔषधमा डाइजोपम ३९, नुरफिन ३९ र फिनारगन ३९ थान रहेका छन् ।

पक्राउ परेका दमैलाई आजै तनहुँ जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay