गीतः डाँडामुनि नौ घुम्ती
दिलीप श्रेष्ठ
डाँडामुनि नौ घुम्ती र दोबाटोमा आइगो
उकालीमा कान्छी मट्याङ ट्याङ
साथीसँगी आपसैमा लन्ठ्याङमन्ठ्याङ भैगो
द्यौरालीमा कान्छी मट्याङ ट्याङ
आजै भन्न सकिएन के हुन्छ माथितल
जिन्दगीमा कान्छी मट्याङ ट्याङ
बाँचेसम्म सङ्घर्षमा मरे सललल
गण्डकीमा कान्छी मट्याङ ट्याङ
सयपत्री मखमली लालुपाते रोपे
फूलबारीमा कान्छी मट्याङ ट्याङ
बर पिपलु बिरुवा त थुन्सेडोको छोपे
चौपारीमा कान्छी मट्याङ ट्याङ