scheduleआइतवारमाघ ११ गते, २०७७

नुवाकोटमा ६७ प्रतिशत कोरोना संक्रमित निको भए

नुवाकोट, ९ मंसिर । नुवाकोटमा सोमवारसम्म पांचसय ३० जना संक्रमितले कोरोनालाई जितेका छन् । सातसय ८९ जना संक्रमित हुदा निको हुनेहरु ६७.१७ प्रतिशत रहेका छन् ।

विदुर र वेलकोटगढी नगरपालिका र १० गाउंपालिका रहेको नुवाकोटमा हालसम्म सातहजार तीनसय ८३ जनाको स्वावको नमूना परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेका अनुसार नुवाकोटमा रहेका कुल संक्रमितमध्ये ६७ दशमलव १७ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् ।

सोमवारसम्म नुवाकोटमा रहेका कुल ७ सय ८९ जना कोरोना संक्रमितमध्ये ५ सय ३० जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा नुवाकोटका ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay