scheduleबुधवारमाघ ७ गते, २०७७

एकै दिन १८०० ले घट्यो सुनको मूल्य

काठमाडाैं, ९ मंसिर । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको छ ।

सोमबार प्रतितोला ९४ हजार ३०० मा कारोबार भएको छापावाला सुन मंगलबार एक हजार ८०० ले ओरालो लागेको हो । यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ८०० मा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्यसमेत ओरालो लागेको छ । सोमबार चाँदी प्रतितोला एक हजार २१० मा कारोबार भएकामा मंगलबार प्रतितोला ३० ले ओरालो लागेर एक हजार १८० मा कारोबार भएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay