scheduleसोमवारमाघ १२ गते, २०७७

अहिले देखिएको अन्तरविरोधकै कारण पार्टी फुट्दैन : नेता रायमाझी

फाइल फोटो

काठमाडाैं, ९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य, टोपबहादुर रायमाझीले अहिले देखिएको अन्तरविरोधकै कारण आफ्नो पार्टी कुनैपनि हालतमा नफुट्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले पार्टीभित्रको अन्तरविरोधको सन्दर्भ र विषयवस्तु सामान्य भएको बताएका हुन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको सचिवालयमा पेश गरेको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन केन्द्रीय नेतादेखि तल्लो तह अर्थात् कार्यकर्तासम्म वितरण भैसकेकोले त्यसमा छलफल हुने उनले बताए ।

नेता रायमाझीले अहिले प्राप्त उपलब्धि गुम्दा यसको असर नेकपाका आम नेता/कार्यकर्ता, शुभचिन्तकलाई मात्रै नभई जनतामा पनि प्रत्यक्ष प्रभाव पर्ने धारणा राखे । रायमाझीले अहिले देखिएको पार्टीभिको विवाद र समस्या आफूहरुले कुनैपनि हालतमा समझदारीका साथ हल गर्ने विश्वास व्यक्त गरे ।

उनले अध्यक्ष दाहालको प्रतिवेदन सचिवालयमा गैसकेकोले त्यसमा विधिसम्मत रुपमा छलफल हुनुपर्ने जिकिर गरे ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay