scheduleसोमवारमाघ १२ गते, २०७७

काँकडभिट्टाबाट गाडी चढे, पोखरा आइपुग्दा बसभित्रै मृत अवस्थामा भेटिए…

पोखरा, ९ मङ्सिर । पोखरामा मङ्गलबार एक पुरुष सार्वजनिक बसभित्रै मृत अवस्थामा फेला परेका छन् । काँकडभिट्टाबाट पोखरा आएको बसमा २८ वर्षीय दिवस केसी मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार उनी भारतबाट गृहजिल्ला बागलुङ आएका थिए ।

मङ्गलबार विहान साढे ९ बजे पृथ्वीचोकस्थित बसपार्क आइपुग्दा उनी बसभित्रको गल्लीमा उत्तानो अवस्थामा भेटिएका थिए ।

प्रहरीका अनुसार उनको मुखबाट रगत बगेको थियो । काँकडभिट्टाबाट आउँदा नै बिरामी रहेका ती पुरुषको शव पोस्टमार्टमका लागि लगिएको छ ।

घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay