scheduleसोमवारबैशाख ६ गते, २०७८

कोरोना खोप ‘स्पूतनिक-भी’ पनि ९५ प्रतिशत प्रभावकारी र सबैभन्दा सस्तो

एजेन्सी, ९ मंसिर । रुसमा बनेको कोभिड-१९ खोप स्पूतनिक-भी परीक्षणको क्रममा कोरोनासँग लड्न ९५ प्रतिशत प्रभावकारी देखिएको छ ।

क्लिनिकल परीक्षणको दोस्रो सुरुवाती विश्लेषणमा उक्त कुरा पुष्टि भएको हो । पहिलो डोज दिएको २८ दिनपछि उक्त खोपले ९१.४ प्रतिशत प्रभावकारी देखिएको थियो । पहिलो डोज दिएको ४२ दिनपछि यसको प्रभावकारिता बढेर ९५ प्रतिशत पुगेको हो ।

खोप बनाइरहेको ग्यामेलिया नेशनल रिसर्च सेन्टर फर इपिडेमोलोजी एण्ड माइक्रोबायोलोजीले उक्त दावी गरेको छ । खोपको दुई डोज ३९ संक्रमितसँगै १८ हजार ७९४ अन्य बिरामीलाई खोपको परीक्षण भइरहेको छ ।

मंगलबार उक्त खोपको मूल्य पनि सार्वजनिक गरिएको छ । रुसका नागरिकका लागि यो खोप निशुल्क हुनेछ । अन्य देशका लागि भने रुसले खोपलाई १ हजार १२० रुपैयाँभन्दा कम हुनेछ ।

विदेशमा खोपको उत्पादन र प्रवर्द्धनको काम गरिरहेको रसियन डाइरेक्टर इन्भेस्टमेन्ट फण्ड (आरडिआइएफ)को प्रमुख किरिल दिमित्रिएवका अनुसार स्पुतनिकको मूल्य अन्य खोपहरुको तुलनामा एकदमै सस्तो हुनेछ ।

आरडिआइएफका अनुसार उक्त खोपको मात्र दुई मात्रा लगाउनुपर्नेछ । एमआरएनए प्रविधिबाट बनेको अर्को खोपको मूल्य स्पुतनिकको भन्दा तीन गुणा बढी हुनेछ ।

आरडिआइएफले अन्य देशहरुका सहयात्रीसँग मिलेर २०२१ मा ५० करोडभन्दा धेरै मानिसका लागि खोप उत्पादन गर्न सम्झौता भइसकेको छ ।

उक्त खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा पनि सुरक्षित राख्न सकिन्छ । यसो हुँदा यसको अन्तर्राष्ट्रिय वितरण धेरै सहज हुनेछ ।

खोपको सर्वसाधारणको लागि रुसमा पहिलो उपलब्धता जनवरीमा हुनेछ । विदेशमा भने २०२१ को मार्चसम्म पुर्‍याउन सकिने विश्वास लिइएको छ ।

खोपको अहिलेसम्म कुनै पनि नकरात्मक असर देखिएको छैन । परीक्षणको तेस्रो चरणमा ४० हजार स्वयम्सेवी सहभागी हुनेछन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay