गण्डकी प्रदेशमा मङ्गलबार १२४ कोरोना संक्रमित थपिए, १४८ जना निको
पोखरा, ९ मङ्सिर । गण्डकी प्रदेशमा मङ्गलबार १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालका अनुसार ६ जिल्लाका गरी १२४ संक्रमित थपिएका हुन् ।
निर्देशनालयका अनुसार थपिनेमा कास्कीका ८२ जना छन् भने गोरखाका १७, तनहुँका ११, स्याङ्जाका ६, नवलपुरका ५ र लमजुङका ३ जना छन् ।
योसँगै प्रदेशमा कुल संक्रमितको संख्या ११ हजार ३१४ पुगेको छ ।
यसैबीच मंगलबार थप १ सय ४८ जना कोरोना संक्रमणमुक्त भएसँगै अहिलेसम्म निको हुनेको संख्या ६ हजार ५ सय ४६ पुगेको छ ।
४ हजार ६ सय २७ जना सक्रिय संक्रमित छन् भने १४१ जनाको मृत्यु भएको छ ।