scheduleसोमवारमाघ ५ गते, २०७७

अर्थमन्त्री पौडेललाई गृहजिल्लामा कालोझण्डा

बुटवल, १० मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई उनको गृह जिल्ला रुपन्देहीमा कालोझण्डा देखाइएको छ । मन्त्री पौडेललाई नेपाली कांग्रेसका कार्यकर्ताहरूले कालोझण्डा देखाएका हुन् ।

अर्थमन्त्री भएपछि पहिलोपटक मंगलबार बुटवल आएका पौडेलले दुई दिन बुटवलमा बिताउने कार्यक्रम तय गरेका छन् । उनलाई बुटवलमै नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ रुपन्देहीले कालोझण्डा देखाउँदै नाराबाजी गरेका छन् ।

लुम्बिनी प्रदेशको राजधानी मन्त्रीपदसँग साटेको भन्दै प्रदर्शनकारीले नाराबाजी समेत गरेका छन् । मन्त्री पौडेललाई बुटवलको नेपालगञ्जरोडमा ब्यानरसहित उभिएर कांग्रेस कार्यकर्ताहरुले कालोझण्डा देखाएका हुन् ।

पौडेलको सुरक्षामा व्यापाक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay