scheduleसोमवारबैशाख ६ गते, २०७८

अनि ऋषिदेवको शव चिताबाट उठाएर अस्पताल लगियो

विराटनगर, १० मंसिर । मोरङ केराबारी-९ बेलचौरीका विक्की ऋषिदेवको टाउकाको शल्यक्रिया गर्दा मृत्यु भयो । उनको अन्त्यष्टिका लागि सोमबार साँझ गाउँलेले चितामाथि शव राखे ।

गाउँलेहरु त्यतिबेला झस्किए जब शवको कपडा खोल्दा उनको पेट काटेर पाँचवटा टाँका लगाएको देखियो । स्वभाविकरुपमा गाउँलेहरुले शंका गरे कि चिकित्सकले मानव अंग निकाले कि ? होइन भने टाउकोको शल्यक्रिया गर्दा पेट किन चिर्नुपर्‍यो ?

त्यसपछि गाउँलेले उनको अन्त्येष्टि गरेनन् । उनीहरुले पोस्टमार्टम गर्न राति नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याए ।

विराटनगरको नोबेल मेडिकल कलेजमा शुक्रबार डा. प्रकाश काफ्लेसहितको चिकित्सक टोलीले ऋषिदेवको टाउकामा जमेको पानी निकाल्न शल्यक्रिया गरेको थियो । शनिबार दिउँसो उनको मृत्यु भएको अस्पतालले घोषणा गरेको हो ।

गाउँलेको शंका हटाउन शवको अन्त्येष्टि नगरी पोस्टमार्टम गर्न पठाइएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

शल्यक्रियामा संलग्न डा. प्रकाश काफ्लेले भने टाउकामा जमेको पानी निकाल्न पेटमा प्वाल पार्नुपरेको स्पष्ट पारेका छन् ।

डा. काफ्लेका अनुसार टाउकामा जमेको पानी टाउकैबाट निकाल्न मिल्दैन । त्यसका लागि ‘भेन्ट्री–कुलोपेरिटनियल सन्ट प्रविधि’ बाट पेटमा प्वाल पारेर पाइप हालेर टाउकामा पुर्‍याई टनेलिङ गरेर पानी निकाल्नुपर्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay