scheduleमगलवारमाघ १३ गते, २०७७

रहेनन् भारतीय कांग्रेसका वरिष्ठ नेता पटेल

काठमाडौँ, १० मंसिर । भारतीय कांग्रेसका वरिष्ठ नेता अहमद पटेलको बुधबार बिहान निधन भएको छ । उनका छोरा फैसल पटेलले ट्वीटमार्फत बुवाको निधन भएको जानकारी दिएका छन् ।

७१ वर्षीय पटेललाई करिब एक महिना अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारका क्रममा दिल्लीस्थित एक अस्पतालमा निधन भएको हो ।

भारतीय कांग्रेसका कोषाध्यक्ष समेत रहेका पटेलले कांग्रेस अध्यक्ष सोनिया गान्धीका राजनीतिक सल्लाहकारका रुपमा पनि काम गरेका थिए । उनी सन् १९८५ मा तत्कालीन प्रधानमन्त्री राजीव गान्धीका संसदीय सचिव पनि थिए ।

पटेल तीन पटक लोकसभा सदस्यका रुपमा निर्वाचित भएका थिए भने पाँच पटक राज्यसभा सदस्यका रुपमा चुनिएका थिए । सन् १९८६ मा उनलाई गुजरात कांग्रेसको अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay