scheduleसोमवारमाघ १२ गते, २०७७

मन्त्री भट्टराईले १५ सयभन्दा बढी विपन्नको कोरोना बीमा गराए

काठमाडौं, १० मंसिर । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफूले कोरोना बीमाबापत् पाएको रकम विपन्न नागरिकको कोरोना बीमामै खर्च गरेका छन् ।

मन्त्री भट्टराईका स्वकिय सचिव प्रेम गुरागाईंका अनुसार उनले कोरोना बीमाबापत् प्राप्त गरेको एक लाखबाट ताप्लेजुङ जिल्लाका ३०० विपन्न नागरिकको कोरोना बीमामा खर्च गरेका हुन् ।

ताप्लेजुङ मन्त्री भट्टराईको गृहजिल्ला हो । कोरोना बीमाबाट जिल्लाका ३०० जना न्यून आए भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदूरहरु लाभान्वित भएको सचिवालयले जनाएको छ ।

मन्त्री भट्टराई कोरोना संक्रमण भएर निको भइसकेका छन् । उनको सचिवालयका अनुसार यसअघि पनि मन्त्री भट्टराईले तलब भत्ताबापत् प्राप्त रकमबाट जिल्लाका १ हजार २७६ जनाको कोरोना बीमा गरिदिएका थिए ।

पछिल्लो ३०० जना थपिएसँगै उनले जिल्लामा हालसम्म १ हजार ५७६ जनालाई कोरोना बीमा गरिदिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay