scheduleसोमवारमाघ ५ गते, २०७७

दाहाल-नेपाल समूहको प्रश्न- सचिवालय बैठकको अडियो चुहाउने, दस्तावेज बाँड्न नहुने ?


काठमाडौं, १० मंसिर । सत्तारुढ नेकपा विवाद उत्कर्षतिर पुग्दा थप केही मसलाहरु थपिएका छन् जसले विवाद झन बढ्ने सम्भावना बढेको छ । अध्यक्ष दाहालले दस्तावेजहरुको संग्रह अध्ययन गर्न पुस्तकाकारको रुपमा तल्लो कमिटीमा पढाएपछि ओली समूहका नेताहरुले मिडियादेखि सामाजिक सञ्जालसम्म प्रश्न उठाइरहेका छन् ।

बुधबार ओली समूहका विद्यार्थीहरुले छुट्टै भेला नै गरे । उक्त भेलामा अध्यक्ष प्रचण्डले तल्लो कमिटीमा पठाएको दस्तावेज बाँढ्न अवरोध पुर्‍याउने निर्णय नै गरेको छ । सामाजिक सञ्जालका भित्ताहरुमा उनीहरुले प्रचण्डले पार्टी फुटाउने नियत राखेर यस्तो गरिरहेको आरोप लगाइएको छ ।

तर पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहका नेताहरुले भने ओली समूहका नेताहरुको प्रश्नको कुनै अर्थ नभएको प्रतिक्रिया दिएका छन् । यसअघि प्रचण्डको सचिवालयमा काम गरेका मनहरि तिमल्सिना लेख्छन्, ‘पार्टी सचिवालय बैठकमा बाेलेकाे माैखिक भाषण गाेरखापत्रमा छपाएकाे भए पाे विधिसम्मत हुन्थ्याे । राजनीतिक प्रतिवेदन पार्टी कमिटीमा पठाएपछि विधिविपरित भएन त !’

उनले अगाडि लेखेका छन्, ‘उहाँ भन्नुहुन्छ – प्रचण्डकाे प्रतिवेदन पनि मदन भण्डारी फाउन्डेसनमार्फत् तलसम्म लानुपर्थ्याे। नांगै हुँदा पनि कुतर्क गर्ने कमरेडहरुकाे आँटलाई चाहिँ मान्नैपर्छ ।’ तिमल्सिना मात्र होइन, दाहाल-नेपाल समूहका स्थायी समिति र सचिवालयका सदस्यहरुले पनि ओलीको सचिवालयले विभिन्न पत्रिकामा सचिवालयको अडियो नै रेकर्ड गरेर पठाएको प्रश्नलाई गम्भीररुपमा उठाउने तयारी गरेका छन् ।

उनीहरुले बालुवाटारमा बस्ने बैठकको कुनै भर नहुने र सबै अडियो रेकर्ड भइरहेको हुनसक्ने सम्भावना रहेको आशंका गरेका छन् । नेताहरुलाई व्यक्तिगतरुपमा बोलाएर अनेक आश्वासन दिनेबेला पनि नेताहरुको अडियो रेकर्ड गरिएको हुनसक्ने आशंका ती नेताहरुको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay