scheduleसोमवारमाघ १२ गते, २०७७

कप्तान मल्लसहित तीन क्रिकेट खेलाडीलाई कोरोना संक्रमण

काठमाडौं, १० मङ्सिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडी र चालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाल क्रिकेट संघ क्यानले दिएको जानकारी अनुसार मल्लसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी, युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र चालक प्रदीप लामालाई संक्रमण देखिएको हो ।

मंगलबार क्यानले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १६ खेलाडी, प्रशिक्षक जगत टमटा, फिटनेस ट्रेनर आशय हत्कर र फिजियो तथा कार्यबाहक व्यवस्थापक विक्रम न्यौपाने तथा १३ जना मैदानका स्टाफको पिसिआर परिक्षण गरेको थियो ।

जसमा तीन खेलाडीसहित चार जनाको रिपोर्ट पोजेटिभ आएको हो । क्यानले यी चारै जना आइसोलेसनमा बस्ने र ठिक भएपछि मात्र प्रशिक्षणमा फर्किने जनाएको छ ।

तीन खेलाडीलाई संक्रमण देखिएसँगै क्यानले थप पाँच जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको छ । बन्द प्रशिक्षण भने बिहीबारदेखि नै सुरु हुने क्यानले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay