scheduleमगलवारमाघ १३ गते, २०७७

सगरमाथाको उचाई बढ्‍यो, नयाँ उचाई घोषणा गर्न सरकारको स्वीकृति

काठमाडौं, १० मङ्सिर । सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृति प्रदान गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिएको हो ।

स्रोतका अनुसार सगरमाथाको उचाई बढेको छ । नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाई घोषणा गर्ने पूर्व सहमति भएकाले कति बढेको छ भन्‍नेबारे खुलाइएको छैन ।

सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण देशको उत्तरी भूभागमा रहेका स्थानहरूको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो ।

त्यही सन्दर्भमा सगरमाथाको उचाइ पनि थपघट भएको हुन सक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको हो ।

हाल सगरमाथाको उचाइ ८८४८ मिटर रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay