scheduleआइतवारमाघ ४ गते, २०७७

रहेनन् अर्जेन्टिनालाई विश्‍वकप जिताएका कप्तान डिएगो म्याराडोना

एजेन्सी, १० मङ्सिर । अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान डिएगो म्याराडोनाको निधन भएको छ ।

दुई साताअघि मात्र अस्पतालबाट डिस्चार्ज भएर घरमै आराम गरिरहेका ६० वर्षीय म्याराडोनाको हृदयघातका कारण मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन् ।

म्याराडोनाको उत्कृष्ट प्रदर्शनको मद्दतले अर्जेन्टिनाले सन् १९८६ को विश्‍वकप फुटबलको उपाधि जितेको थियो ।

उनले बोका जुनियर्स, नेपोली बार्सिलोनालगायतका टोलीबाट क्लब फुटबल पनि खेलेका थिए । अर्जेन्टिनाबाट ९१ खेल खेल्दै उनले ३४ गोल गरेका छन् भने क्लब फुटबलमा ४९० खेल खेल्दा २५४ गोल गरेका छन् ।

म्याराडोनालाई विश्‍वका महान् फुटबल खेलाडीहरुमध्येको एक मानिन्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay