scheduleमगलवारमाघ १३ गते, २०७७

स्पिनर वसन्त रेग्मीलाई पनि कोरोना, रित गौतमसहित पाँच खेलाडी प्रशिक्षणमा बोलाइए

काठमाडौं, ११ मङ्सिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी बाँयाहाते स्पिनर वसन्त रेग्मीलाई पनि कोरोना संक्रमण देखिएको छ । मंसिर ५ गते लक्षण देखिएपछि स्वास्थ्य परिक्षण गराएको र नतिजा पोजेटिभ देखिएको वसन्तले जनाएका छन् ।

वसन्त त्यसैको कारण बन्द प्रशिक्षणमा आएका थिएनन् । वसन्तको रिपोर्ट पोजेटिभ आएकै दिन क्यानले बन्द प्रशिक्षणमा बोलाउने २२ खेलाडीको नाम सार्वजनिक गरेको थियो । हाल वसन्त गृहजिल्ला भैरवाहमा घरमै आइसोलेसनमा बसिरहेका छन् ।

योसँगै कोरोना संक्रमण देखिने खेलाडीको संख्या ४ पुगेको छ । बुधबार साँझ मात्र कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीमा संक्रमण देखिएको थियो ।

यसैबीच खेलाडीहरुमा संक्रमण देखिएपछि क्यानले थप पाँच खेलाडीलाई प्रशिक्षणमा बोलाउने निर्णय लिएको छ । क्यानले युवा ओपनर रित गौतमसँगै ५ खेलाडीलाई प्रशिक्षणमा बोलाउने भएको हो ।

युवा विकेटकिपर तथा ओपनर अनिलकुमार शाह, आक्रामक ब्याट्सम्यान कुशल भुर्तेल, युवा ब्याट्सम्यान लोकेश बम र तीव्र गतिका बलर बिक्रम सोब बन्द प्रशिक्षणमा बोलाइएका हुन् । यी खेलाडी यसअघि बोलाइएको बन्द प्रशिक्षणमा अटाएका थिएनन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay