कस्तो रहला आज दिनभरको मौसम ?
काठमाडौं, ११ मङ्सिर । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
अहिले बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदलि रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपात भएको छ ।
महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।
दिउँसो : देशका पहाडि भु-भागमा आंशिक देखि सामान्य बदलि र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ । गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा साथै प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती : देशका पहाडि भु-भागमा आंशिक देखि सामान्य बदलि र बाँकि भु- आंशिक बदलि रहनेछ । गण्डकी, कर्णाली र सुदूर पश्चिम र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।