scheduleमगलवारमाघ १३ गते, २०७७

विपद्पछि विकास निर्माणको स्थितिबारे छलफल

सिन्धुपाल्चोक, ११ मङ्सिर । सभामुख अग्‍निप्रसाद सापकोटाले बुधबार गृह जिल्ला सिन्धुपाल्चोकको चौतारामा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुखहरुसँग विपद्पछि जिल्लाको समग्र अवस्था, विकास निर्माणको स्थितिलगायतका विषयमा छलफल गरेका छन् ।

विपद्पछि भए गरेका क्रियाकलाप र जिल्लाको समग्र विकास निर्माणका विषयमा केन्द्रीत छलफलमा सभामुख सापकोटाले स्थानीय तहका प्रमुखहरुसँग आगामी दिनमा स्थानीय पूर्वाधार विकासका क्षेत्रमा लिनुपर्ने पहलका विषयमा राय, परामर्शसमेत लिए ।

सिन्धुपाल्चोकमा गत असार २५ को बुल्कुटे–खागदल बाढी पहिरो, साउन ३० को लिदी पहिरो र सो पहिरोका कारण विस्थापित भई बाँसखर्कमा अस्थायी स्थानान्तरण भएकाहरुको अवस्था, भदौ २७ गते रातिको नागपुजे पहिरो र सो पहिरोले विस्थापित भएकाहरुको अवस्था तथा विस्थापितहरुका लागि आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल केन्द्रीत रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay