scheduleआइतवारमाघ ४ गते, २०७७

मेसीले भावुक हुँदै भने- म्याराडोनाले हामीलाई छाडेका छैनन्

एजेन्सी, ११ मङ्सिर । अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान डिएगो म्याराडोनाको निधनले विश्‍व फुटबल जगत नै स्तब्ध बनेको छ ।

सबै खेलप्रेमी एवम् चर्चित फुटबल खेलाडीहरुले भावुक सन्देशसहित श्रद्धाञ्‍जली अर्पण गरिरहेका छन् । यस्तैमा अर्जेन्टिनाका हालका कप्तान एवम् स्टार खेलाडी लियोनल मेसीले पनि उनको निधनमा दुःख व्यक्त गर्दै भावुक सन्देश लेखेका छन् ।

सामाजिक सञ्‍जाल फेसबुकको आधिकारिक पेजमा पोस्ट गर्दै मेसीले म्याराडोनाको निधनले स्तब्ध बनाएको भन्दै यो अर्जेन्टिना र फुटबलका लागि नै दुखद दिन भएको बताएका छन् ।

मेसीले भनेका छन्, ‘म्याराडोनाको भौतिक शरीरले छाडेको भएपनि उनी अझैपनि हामीमाझ उपस्थित छन् किनभने उनी अनन्त छन्’ ।

उनले थपेका छन्, ‘यस दुखद घडीमा म उनीसँग बिताएका अविस्मरणिय पलहरुको सम्झना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्न चाहन्छु’ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay