scheduleसोमवारमाघ १२ गते, २०७७

सामाजिक सुरक्षा कार्यान्वयनमा सरकार नै उदासीन, श्रमजिवीको विश्वासमा तुषारापातः अध्यक्ष सिंखडा

काठमाडौं, ११ मंसिर । अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत बहादुर सिंखडाले सामाजिक सुरक्षा लागू गराउन सरकारकै उदासिनता र रोजगारदाताहरुको अनिच्छा र अकर्मण्यताले श्रमजिवी मजदूरहरुको आशा र विश्वासमाथि तुषारापात भएको टिप्पणी गरेका छन् ।

सामाजिक सुरक्षा दिवसको अवसरमा विहीबार एक शुकामना सन्देश जारी गर्दै अध्यक्ष सिंखडाले सरकारले नयँ युगको सुरुवात भयो भनेर घोषणा गरे पनि कार्यान्वयनमा चुकेको टिप्पणी गरेका हुन् ।

यद्यपि संघर्षकै रुपमा दशवर्षको जनयुद्ध, १९ दिनको जनआन्दोलन, नेपाली श्रमजिवी मददूरहरुको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिका रुपमा तेस्रो सामाजिक सुरक्षा दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउने उनले बताएका छन् ।

‘महासंघ आम श्रमिकहरुको विशेष पर्व योगदानमा आधारित सामािक सुरक्षा दिवसको अवसरमा सरकारको पहलकदमी नपुग्दा र कोषमा सरकारको कुनै प्रकारको योगदान नरहेको हुँदा मजदूरहरुमा खुसीयाली हराउँदै गइरहेको र सामाजिक सुरक्षा योजना पूर्णरुपमा कार्यान्वयनमा जान नसकेको निष्कर्षमा पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay