बेरोजगार व्यक्तिको फारामको विवरण दर्ता गर्ने समय थपियो
काठमाडौं, ११ मंसिर । सरकारले विपन्न बेरोजगार व्यक्तिको फारामको विवरण रोजगार व्यवस्थापन प्रणालीमा दर्ता गर्ने समयसीमा थपेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका अन्तर्गत बेरोजगार व्यक्तिको विवरण सूचिकरण प्रकृयाका सम्पूर्ण चरण पूरा गरिसकेकाको हकमा मंसिर १५ गते भित्र दर्ता गरिसक्न ७ सय ५३ वटै स्थानीय तहलाई समयसीमा दिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक सुमन घिमिरेका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्तिक २८ गते बसेको मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेपछि त्यसै अनुसार सबै स्थानीय तहलाई परिपत्र गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिपन्न बेरोगार व्यक्तिको विवरण सूचिकरण गरेर दर्ता गर्ने समयसीमा असोज २० गतेसम्मका लागि मात्र तोकेको थियो । मंसीर १५ गतेसम्म दर्ता भएका बेरोजगार व्यक्तिको संख्याको आधारमा बाँकी रहेको शसर्त अनुदान निकासा पठाइने पनि मन्त्रालये जनाएको छ ।