scheduleआइतवारमाघ ४ गते, २०७७

जुहारीः यौटा कुरा भुल्न हुँदैन

दिलीप श्रेष्ठ

गैह्राबारी तोरीमा फुलेको, भमरा छ रस खान भुलेको
यौटा कुरा भुल्न हुँदैन
रूमालैमा जाल बुन्ने माकुरी, माओ हुँदैन लेनिन हुँदैन

धानको बाला आलीमा झुलेको, धानचरी त धान खान डुलेको
यौटा कुरा भुल्न हुँदैन
पानीमुनि फुल पार्ने चाँचरी, माओ हुँदैन लेनिन हुँदैन

आकाशैमा चील घुम्यो किन, लगाई हेर आँखैमा दूरबिन
यौटा कुरा भुल्न हुँदैन …

जोडी आँखा चिम्लेर नहिन, भुइँमा खस्ला हातैको फुन्टिन
यौटा कुरा भुल्न हुँदै …

यो आँखाले धोकामा दिन्छ, बिरालो नि बाघजस्तै देखिन्छ
यौटा कुरा भुल्न हुँदैन …

यै खोलीमा खेलेर हिन्छ, लामकिरा र वाम माछा चिनिन्छ
यौटा कुरा भुल्न हुँदैन …

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay