scheduleआइतवारमाघ ४ गते, २०७७

कोरोनाका कारण पोखरामा २ जनाको मृत्यु

काठमाडौं, ११ मंसिर । कोरोना संक्रमणका कारण पोखरामा दुई जनाको मृत्यु भएको छ ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा एकजना र कास्की सेवा अस्पतालमा एकजना गरी दुई कोरोना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएको पोखरा महानगरपालिका– १३ की ६६ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पतालमा बुधबार राति ९ः३० बजे र लमजुङको मध्यनेपाल नगरपालिका–७ की ८७ वर्षीया महिलाको बुधबार राति मृत्यु भएको डा . शर्माले बताए । लमजुङकी महिलामा मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay