हालसम्मकै कीर्तिमानी उचाईमा नेप्से
काठमाडौं, ११ मंसिर । कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक हालसम्मकै कीर्तिमानी उचाईमा पुगेको छ । कारोबारको २ घण्टाको अवधिमा नेप्से १ हजार ९०८ दशमलव १३ बिन्दुमा पुगेको छ ।
बुधवार नेप्से १ हजार ८८१ बिन्दुमा रहेको थियो । यस अवधिमा १९० ओटा कम्पनीको ४ अर्ब १५ करोड ६२ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको नेप्सेले जनाएको छ ।
कारोबारमा आएका १२ समूह मध्ये सबैभन्दा बढी बैकिङ समूहको परिसुचक २ दशमलव ८८ प्रतिशत वृद्धि भएको बताइएको छ ।