scheduleसोमवारमाघ १२ गते, २०७७

भारतीय विदेश सचिव प्रतिनिधिमण्डल स्तरीय वार्तामा, प्रधानमन्त्री ओलीसँगको भेट ५ बजे

काठमाडौं, ११ मंसिर । दुई दिने नेपाल भ्रमणमा बिहीबार विहान काठमाडौं आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला अहिले दुई देशको प्रतिनिधिमण्डल स्तरीय वार्तामा रहेका छन् ।

होटल याक एण्ड यतीमा जारी उक्त वार्ता सकिए लगत्तै विदेश सचिव श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दुई हजार भाइल रेमडिसिभिर हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

उनले साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । बालुवाटारको भेटपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्न शितल निवास जानेछन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay