scheduleसोमवारमाघ ५ गते, २०७७

जनता समाजवादी पार्टीका सबै सांसदले दसैं भत्ता फिर्ता गर्ने

काठमाडौं, ११ मंसिर । जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना पार्टीका संघीय सांसदहरूको दसैं भत्ता फिर्ता गर्ने निर्णय गरेको छ ।

बुधबार जसपाले भत्ता फिर्ताको आग्रह गरेर संसद सचिवालयलाई पत्र लेखेको हो ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको कात्तिक ३ र ४ गते बसेको बैठकको निर्णय अनुसार दसैं भत्ता फिर्ता गर्न जसपा केन्द्रीय कार्यकारिणी समितिका कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

जसपाका ३४ सांसद रहेका छन् । जसमध्ये हरिनारायण रौनियार निलम्बनमा परेका छन् भने रेशम चौधरी जेलमा छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay