scheduleसोमवारमाघ १२ गते, २०७७

संवैधानिक आयोगहरूका रिक्त पद पूर्ति गर्न सरकारलाई निर्देशन

काठमाडाैं, ११ मंसिर । संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले संवैधानिक आयोगहरूमा रहेका रिक्त पद पूर्तिका लागि सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले बिभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्त नहुँदा कार्यसम्पादनमा समस्या देखिएको भन्दै आयोगहरूमा रहेका रिक्त पद पूर्तिका लागि सरकारलाई निर्देशन दिएको हो ।

महिला, दलितलगायतका आयोगहरू स्थापना भएदेखि पदाधिकारी र सदस्य नियुक्ति नभएका तथा केही आयोगमा अध्यक्ष मात्रै नियुक्त भएको र बाँकी पद रिक्त रहेकाले ती पद पूर्तिका लागि अविलम्ब नियुक्तिको प्रक्रिया अघि बढाउन निर्देशन दिइएको समिति सभापति लक्षमणलाल कर्णले जानकारी दिए ।

त्यस्तै बैठकले समानुपातिक र समावेशी रूपमा संवैधानिक र राजनीतिक पदहरूमा हुने नियुक्ति गर्नका लागि आवश्यक कानून बनाउनपनि सरकारलाई निर्देशन दिएको छ । समानुपातिक समावेशी सम्बन्धित संविधानको प्रस्तावना र संविधानको मौलिक अधिकारको धारा ४२ मा गरिएको व्यवस्थाअनुसार विधेयक ल्याउनका लागि निर्देशन दिइएको उनले बताए ।

बैठकमा छलफलका लागि बोलाउदा पनि प्रधानमन्त्री नआएको भन्दै आगामी बैठकमा उपस्थीत हुन प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरिएको कर्णले जानकारी दिए।

बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिभिन्न कारणले संवैधानिक निकायमा नियुक्त गर्न ढिलाई भएको बताएका थिए । प्रधानमन्त्रीले पटक पटक संवैधानिक परिषद्को बैठक बोलाउदा पनि कोरम नै नपुग्ने अवस्था समेत आएकाले पनि नियुक्तीमा ढिलाई भएको हुन सक्ने भन्दै उनले समानुपातिक र समावेशी रुपमा नियुक्त गर्न सरकार प्रतिवद्ध रहेका बताए ।

फरक प्रसंगमा मन्त्री ज्ञवालीले नेपालमा हुन लागेको चीन र भारतबाट दुई उच्चस्तरीय भ्रमणले छिमेकी देशसँगको सम्बन्ध मजबुद हुने उल्लेख गरे ।

उहाले भ्रमणका क्रममा तीनवटै मुलुक मिलेर जानुपर्ने नेपालको सन्देश हुने र नेपालको अन्य सन्देश नहुने स्पष्ट पारे ।

बैठकमा समिति सदस्यहरुले संवैधानिक निकायको नियुक्तिमा भागबण्डा हुने गरेका कारण नियुक्तीमा ढिलाई भएको बताएका थिए । उनीहरुले छिटो भन्दा छिटो समानुपातिक र समावेशी सिद्धान्तका आधारमाा संवैधानिक आयोगमा नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay