scheduleबिहिवारमाघ १५ गते, २०७७

खातुन हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन

 

काठमाडौं, ११ मंसिर । बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया गुलाव शाह खातुनको हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ ।

नेकपा(क्रान्तिकारी)माओवादी निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले खातुनको हत्याको विरोधमा काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले उक्त घटनाको गहिरो अनुसन्धान गरि दोषिलाई कडा कारवाहीको दायरामा ल्याउनुपर्ने भन्दै नारावाजी गरेका थिए । मुलुकमा महिला बालबालिका हत्या र बलात्कारका घटना बढेपनि सरकारले प्रभावकारी कदम चाल्न नसकेको उनीहरुले बताएका छन् ।

बलात्कारका मुद्धाहरुमा एकल विन्दु न्याय निरुपण प्रयााली लागू गर्नुपर्ने, राज्यका हरेक निकायमा महिलाको समान सहभागीतको ग्यारेन्टी गर्नुपर्ने लगाएतका प्लेकार्ड बोकी उनीहरु प्रदर्शनमा उत्रेका हुन् ।

स्थानीय शहीद आलमकी छोरी खातुन आइतबार साँझदेखि बस्तीबाटै हराएकी थिइन्‌ । हत्या गरेर बोरामा राखी झाडीमा फालेको अवस्थामा सोमबार मध्यरातमा शव भेटिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay