आँबुखैरेनीमा बस दुर्घटना
तनहुँ, ११ मंसिर । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित खहरेमा बस दुर्घटना भएको छ ।
दमौलीबाट मुग्लिङतर्फ जाँदै गरेको लु २ ख ८८३ नम्बरको बस खहरे खोलाको पुलबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । सो दुर्घटनामा बसमा सवार १७ जना र उक्त बसले ठक्कर दिएको मोटरसाइकलमा सवार ३ जना गरि २० जना घाइते भएको डीएसपी युवराज तिमल्सिनाले बताए ।
बसले विपरीत दिशाबाट आइरहेको ना ३२ प ५२५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घाइतेमध्ये २ जनाको चितवन मेडिकल कलेज, एक जनाको पोखरा र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।