पछिल्लो २४ घण्टामा उपत्यकामा ७८५ संक्रमित थपिए, ७ जनाको मृत्यु
काठमाडौँ, ११ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७८५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार संक्रमित हुनेमा ३३७ महिला र ४४८ पुरुष रहेका छन् ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या एक लाख ६ हजार ३०२ रहेको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय २०, भक्तपुरमा ५१ र ललितपुरमा ११४ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर बिहीबार संक्रमित पुष्टि हुनेमा १ हजार ६ सय १४ जना रहेका छन् ।
त्यसैगरी, आज काठमाडौंमा ४ र ललितपुर ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।