scheduleबिहिवारमाघ १५ गते, २०७७

ऐतिहासिक धार्मिक क्षेत्रलाई सरकारले संरक्षण र विकास गर्छ : मन्त्री भट्टराई

काठमाडाैं, ११ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ऐतिहासिक धार्मिक क्षेत्रलाई सरकारले संरक्षण र विकास गर्ने बताएका छन् ।

बिहीबार काठमाडौंको नारायणाहिटीमा रहेको श्री चतुव्र्युह नारायण मन्दिरको प्रवेशद्वार उद्धाटन गर्दै मन्त्री भट्टराईले ऐतिहासिक धार्मिक क्षेत्र वरिपरि रहेका मन्दिरहरुलाई संरक्षण गर्ने बताएका हुन् । उनले नेपालमा धार्मिक पर्यटकको संभावना प्रचुर रहेको भन्दै सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राख्ने बताए ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले धार्मिक क्षेत्र खुल्ला गर्ने निर्णय गरेको जानकारी उनले दिए । उनले नेपालमा कोरोनाका बीच पनि जनजिवनलाई सहज बनाउदै लैजानुपर्ने अवस्था आएको धारणा राखे ।

कार्यक्रममा कांग्रेस नेता गगन थापाले धार्मिक क्षेत्रको विकास गर्दै धार्मिक पर्यटनलाई बढावा दिनुपर्ने बताएका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay