scheduleसोमवारमाघ १२ गते, २०७७

प्रदेश नं १ : २०७ नयाँ संक्रमित थपिदा २०२ जनाले जिते कोरोना

काठमाडाैं, ११ मंसिर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा २०७ जना कोरोना सङ्क्रमित थपिएका छन् । उनीहरुमध्ये ९५ महिला छन् । थपिएको सङ्क्रमितमा मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा सात, उदयपुरमा पाँच, पाँचथर र धनकुटामा तीन/तीन, सङ्खुवासभामा एक र प्रदेश बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २६ हजार ४५९ पुगेको छ भने आज थपिएका सहित २१ हजार ४९१ जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् । आज डिस्चार्ज हुनेमा होम आइसोलेशनबाट १९६, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट तीन/तीन जना छन् ।

कोभिडको उपचारमा खर्च धेरै लाग्ने भएकाले पछिल्लो समयमा संक्रमित मानिस घरमै बसेर उपचार गरिरहेका छन् । हालसम्म कूल एक लाख ८७ हजार ८१८ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay