scheduleसोमवारमाघ ५ गते, २०७७

गण्डकी प्रदेशमा बिहीबार ७४ सङ्क्रमित थपिए, दुईको मृत्यु

पोखरा, ११ मङ्सिर । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७४ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा ४३, तनहुँमा १३, नवलपरासी पूर्व र गोरखामा ६-६, बाग्लुङमा ४ तथा स्याङ्जा र पर्वतमा १-१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या ११ हजार ५५३ पुगेको छ ।

यस्तै कोरोनाका कारण थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–१३ की ६६ वर्षीया र लमजुङको मध्यनेपाल नगरपालिका–७ की ८७ वर्षीया महिला छन् ।

योसँगै प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४४ पुगेको निर्देशनालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ६६९ पुगेको छ भने ६ हजार ७४० जना निको भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay