scheduleबुधवारमाघ ७ गते, २०७७

बुर्किना फासोको राष्ट्रपतिमा काबोर पुनः निर्वाचित

औगाडौगौ, ११ मंसिर । बुर्किना फासोको राष्ट्रपतिमा रोच मार्क क्रिश्चियन काबोर पुनः निर्वाचित भएकी छन् । पर्याप्त बहुमतका साथ उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएको निर्वाचन आयोगले विहिबार घोषणा गरेको छ ।

‘काबोरले मतदानको पहिलो चरणमै ५७.८७ प्रतिशत मत ल्याएर पुनःराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ,’ स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगका प्रमुख न्युटन अहमद ब्यारीले भने ।

राष्ट्रपतिमा निर्वाचित काबोरले आफ्ना प्रतिस्पर्धीलेभन्दा धेरै मतान्तर कायम गरेको पनि निर्वाचन आयोगले जनाएको छ । उनिसँगै प्रतिस्पर्धामा उत्रिएका इडी कोम्बोइगोले जम्मा १५.४८ प्रतिशत मत ल्याएर दोस्रो भएका छन् भने अर्का उम्मेवार जेफिरिन डिएब्रेले १२.४६ प्रतिशत मत मात्रै पाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay