scheduleबुधवारमाघ ७ गते, २०७७

निकुञ्‍जमा गैँडाको बच्चा मृत फेला

चितवन, ११ मङ्सिर । चितवन राष्ट्रिय निकुञ्जमा एक गैँडा मृत फेला परेको छ । नवलपुरको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनको स्वर्गद्वारी घाटको पुछारमा अन्दाजी पाँच महिनाको बच्चा (केटी) आज मृत फेला परेको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सो केटीलाई भाले गैँडाले आक्रमण गरेको हुनसक्ने आंकलन गरिएको छ ।

उक्त केटीको ब्रह्मखाग (भर्खर पलाउन लागेको खाग) तथा खुर सुरक्षित रहेको अधिकारीले जानकारी दिए ।

चालू आर्थिक वर्षमा योसँगै निकुञ्जमा १५ गैँडा मरेका छन् । तीमध्ये चार वटा तस्करले मारेका हुन् भने ११ वटा प्राकृतिक कारणले मरेका हुन् ।

निकुञ्जमा प्राकृतिक र चोरी शिकारीबाट गैँडा मर्नेक्रम बढेपछि निकुञ्जले समिति बनाएर अध्ययन गरिरहेको छ भने सुरक्षा पनि बढाइएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay