scheduleबुधवारमाघ १४ गते, २०७७

ओलम्पियन दीपक विष्टलाई कोरोना सङ्क्रमण

काठमाडौं, ११ मङ्सिर । ओलम्पियन एवम् तेक्‍वान्दो प्रशिक्षक दीपक विष्‍टलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका पूर्वअध्यक्ष समेत रहेका विष्टले आफू कोरोनाबाट सङ्क्रमित भएको बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

उनीसहित परिवारका ६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । परिवारका अन्य सदस्य भने कोरोनाबाट मुक्त भइसकेको विष्टले जनाएका छन् ।

सङ्क्रमणबाट जोगिन शारीरिक दूरी कायम गर्न र मास्कको प्रयोग अनिवार्य रुपमा गर्न उनले आग्रह गरेका छन् ।

कोरोना पुष्टि भएपछि विष्ट होम आइसोलेसनमा बसेका छन् । उनकी पत्‍नी एवम् १३औं दक्षिण एसियाली खेलकूद (साग)मा तेक्वान्दोतर्फ दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य भने कोरोना सङ्क्रमणबाट मुक्त भएकी छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay